• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनको समर्थनमा सडकमा उत्रिन विश्वका मानिसलाई युक्रेनी राष्ट्रपतिको आग्रह

Bydeep

Mar 24, 2022

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले विश्वभरका जनतालाई युक्रेनकप्रति समर्थन देखाउन सडकमा उत्रिन आग्रह गरेका छन् ।बिहिबार उनले भिडियो शन्देश जारी गर्दे शान्तिका लागि हर क्षेत्रबाट सडकमा उत्रिन विश्वभरका मानिसलाई आग्रह गरेका हुन् । रुसले युक्रेनमाथि विना कारण हमला गरेको एक महिना पूरा भएको दिनमा उनले रुस विरुद्ध एकजुट हुन सबैसँग अनुरोध गरेका हुन् । रुसले युक्रेनमाथि गत फेब्रअरी २४ बाट आक्रमण शुरु गरेको थियो ।

बिहिबार (आज) आक्रमणको एक महिना पुगेको हो । युद्ध एक महिनासम्म लम्बिदा पनि रुसले युक्रेनमा जित हासिल गर्न सकेको छैन । युक्रेनी सेनाले रुसी सेनाको डटेर प्रतिकार गरिरहेका छन् । युक्रेनभन्दा कैयौंगुणा शक्तिशाली रहेको रुसले युक्रेनमाथि छिट्टै विजय प्राप्त गर्ने आशा गरेको थियो । तर युक्रेनी सेनाको प्रतिरोधका कारण त्यो एकमहिना सम्म पनि सफल हुन सकेको छैन ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले सुरु गरेको युद्ध विश्वका सबै जनताका विरुद्ध भएको भन्दै आफ्ना कार्यालय, घर, विद्यालय र विश्वविद्यालयबाट शान्तिको नाममा युक्रेनलाई समर्थन गर्न, स्वतन्त्रताको समर्थन गर्न र जीवनलाई समर्थन गर्न युक्रेनी प्रतीकहरू लिएर सडकमा उत्रिन विश्वलाई अपिल गरेका बबीसीले जनाएको छ । जेलेन्स्कीको सम्बोधन बेल्जियमको राजधानी ब्रसेल्समा नाटोका सदस्य राष्ट्रहरुको शिखर सम्मेलनको केही घण्टा अघि आएको हो । रुसले युक्रेनसँग गरेको युद्ध, युरोप र पश्चिमि देशहरुको सुरक्षा लगायतका विषयमा छलफल गर्न अमेरिकासहितका देशका नेताहरु ब्रसेल्समा भेला भएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेयता युक्रेनी नागरिक पीडादायी जीवन विताउन बाध्य भएका छन् । युद्धबाट जोगिन ३३ लाख बढी युक्रेनीले आफ्नो सबै सम्पत्ति छोडेर छिमेकी मुलुकमा शरण लिन पुगेका छन् । रुसी सेनाले युक्रेनका आवासीय भवन,विद्यालय, अस्पताल लगायत सबैतिर आक्रमणको निसाना बनाएको छ । रुसको कदमको विश्वभर बिरोध भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *