• Mon. Sep 25th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसले युक्रेनको राजधानीबाट चेर्निभ जोड्ने पुल ध्वस्त पार्‍यो

Bydeep

Mar 24, 2022

किभ : रुसले युक्रेनको उत्तरी सहर चेर्निभ र राजधानी कीभ बीचको देस्ना नदीमा रहेको पुल ध्वस्त पारेको युक्रेनका अधिकारीहरूले बताएका छन्। यसले चेर्निभदेखि कीभसम्मको यातायात सञ्चालनमा बाधा पुगेको छ। युक्रेनको मानवअधिकार ओम्बड्सम्यान ल्युडमिला डेनिसोभले यो पुल सहरमा मानवीय सहायता पुर्‍याउन र फसेका नागरिकहरूलाई उद्धार गर्न प्रयोग भइरहेको बताए।

‘नगरमा बिजुली, खानेपानी छैन, यहाँ ग्यास पनि छैन, पूर्वाधार ध्वस्त भएको छ,’ उनले भने। क्षेत्रीय प्रशासनका प्रमुख व्याचेस्लाभ चाउसले एक भिडियो बयानमा सहायता अझै पठाइने र युक्रेनको विजयपछि नयाँ पुल बनाइने बताए। बीबीसी

थप समाचार :यो पनि : उडान धमाधम रद्द र डिले हुन थालेपछि वायुसेवा कम्पनीले भने : फोन गरेर आउनुहोस्

१० चैत, काठमाडौं । त्रिभुवन विमानस्थलको सूचना प्रणाली तथा राडारमा आएको खराबीका कारण बिहीबार बिहानैबाट आन्तरिक तथा बाहृय दुवै तर्फका उडान प्रभावित बनेका छन् । जसले गर्दा आज बिहानका लागि निर्धारित विभिन्न सेक्टरका उडान रद्द भएका छन् । यति एयरलाइन्सका अनुसार पोखरा, भैरहवा र विराटनगरका लागि निर्धारित तीन उडान रद्द भइसकेको छ । अन्य उडानहरू डिले भएको छ ।

अहिले त्रिभुवन विमानस्थलले प्रत्येक १५ मिनेटमा एक उडान वा अवतरण गर्न सकिने गरी प्रणाली चलाइरहेको छ । सामान्य अवस्थामा २-३ मिनेटकै अन्तरमा उडान/अवतरण हुने गर्छ । संचार उपकरण भएको विल्डिङमा पानी लिकेज भएर प्रणालीहरुमा खराबी आएको बताइएको छ । विमानस्थलमा समस्या आएपछि बिहीबार बिहानै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको टोलीले अनुगमनसमेत गरेको छ ।

उता वायुसेवा कम्पनीहरूले भने जहाज उडानमा ढिलाइले उडानहरू प्रभावित भएको भन्दै यात्रुलाई फोन गरेर निर्धारित समयमा मात्र विमानस्थलमा जान अनुरोध गरेका छन् । यति एयरलाइन्सले ०१-५९७००७४ मा फोन गर्न भनेको छ । बुद्ध एयरले उडान सम्बन्धी सबै जानकारी एपमा रहेको भन्दै त्यसमा समय हेरेर मात्र विमानस्थल जान सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *