• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सरकारको सलमान खानप्रतिको गम्भिरता देख्दा ताजुब लाग्यो : निर्मल शर्मा

Bydeep

Mar 24, 2022

काठमाडौं– अभिनेता तथा फिल्मकर्मी निर्मल शर्मा ‘गैडा’ले नेपाल भ्रमणमा आउन लागेका भारतीय कलाकार सलमान खानप्रति सरकारले देखाएको गम्भिरता देख्दा अच्चम लागेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नेपाली कलाकारप्रति कहिल्यै वास्ता नराख्ने सरकारले खान नेपाल आउने कुरामा देखाएको गम्भिरता अचम्म लाग्ने भएको बताएका हुन्। भारतीय अभिनेता सलमान खान जेठ १९ मा नेपालमा आयोजना हुने सांगितिक तथा सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउँदै छन्। बुधबार मात्रै पर्यटन मन्त्री प्रेम बहादुर आलेले उनको भ्रमण तथा यो भ्रमणमार्फत नेपालको पर्यटन प्रवद्र्धनको विषयमा गर्न सकिने कामहरुबारे अनलाइन भिडियोवार्ता समेत गरेका थिए।

सरकारले सलमानको भ्रमणको विषयलाई देखाएको गम्भिरताको विषयलाई उल्लेख गर्दै अभिनेता शर्माले पाहुनालाई जस्तै नेपाली चलचित्रका विविध समस्याहरुमा पनि सरकार गम्भिर बन्नुपर्ने बताएका छन्। ‘सलमान खान मलाई मन पर्छ,’ उनले लेखेका छन्, ‘उनी नेपाल आउनु पक्कै पनि पर्यटन प्रवद्र्धनको हिसाबले राम्रो हो। तर, नेपाली चलचित्र र कलाकारहरुबारे कहिल्यै सिरियस नभएको सरकार पुरै राज्य संयन्त्र लागी उनको ठूलो धनराखीलिएर गरिने व्यवसायिक भ्रमण बारे ज्यादै सिरियस भएको देख्दा ताजुब लाग्यो। पाहुनालाई स्वागत छ। तर नेपाली चलचित्रका विविध समस्याहरु बारे पनि सिरियस बनिदिनु पर्यो सरकार!!!’

यो पनि : ‘विप्लव’ नेतृत्वको नेकपार्टीले दियो सलमान खानको कार्यक्रम विथोल्ने चेतावनी

विगतमा पनि नेपालमा आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रमको विरोध गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अहिले पनि सलमान खानसहितका कलाकारहरूको ‘दबङ द टुर रिलोडेड’ कार्यक्रमप्रति आपत्ति प्रकट गरेको छ । विप्लव निकटको जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले आज सो कार्यक्रमप्रति एक पटक सोच्दा राम्रो हुने भन्दै ध’म्मीपूर्ण शैलीमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका हुन् ।उनले फेसबुकमा लेखेका छन्– ‘भारतीय सांस्कृतिक साम्राज्यवादका वि’रुद्ध फेरि पनि एकपटक ल’डाइँ ल’ड्नुपर्ने भो भारतीय कलाकार सलमानहरूले फेरि एकपटक सोच्दा राम्रो ।’

महासचिव थपलियाले आफ्नो पार्टी नेकपाको बैठक चलिरहेकाले केही दिनभित्र सलमान खानको कार्यक्रमलाई गर्न दिने वा अ’बरोध गर्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । उनकाे स्टाटसले भने घुमाउराे भाषामा कार्यक्रम वि’थाेल्ने चेतावनी दिएकाे प्रष्ट हुन्छ । विगतमा पनि सलमान खानको कार्यक्रमको विरोध गरेको र बि’थोल्ने निर्णय भएकै कारण कार्यक्रम र’द्द भएको जनाइएको थियो ।यसअघि २०७६ सालको असार २९ गते ओडिसी इन्टरटेनमेन्ट प्रबन्ध निर्देशक सिमान्त गुरुङले सलमान खानलाई ल्याउने भनेर ४ करोड रकम उठाएर कार्यक्रम रद्द गरेका उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

प्रेमबहादुर आलेलाई प्रयोग गरेर पत्रकार सम्मेलन गर्नेदेखि सलमान खानसँग भिडियोमा कुरा गराउनेसम्मको काम गराइसकेका छन् ।अनलाइनमार्फत सलमान खनासँग लाइभ कुरा गरेका मन्त्री आलेले प्लेनमा चढाएर माउन्टेन टुर गराउँछु, तपाईको फिल्म धेरै हेरेको छु, नेपालमा तपाईलाई स्वागत छ, सुटिङका लागि पनि नेपाल आउनुहोला जस्ता कुरा गरेका थिए । पर्यटन मन्त्रालयले समेत स्वीकृती दिइसकेको कार्यक्रमको बारेमा विप्लव समूहले भने आपत्ति प्रकट गरेको हो । यस पटक पार्टीले सलमान खानको कार्यक्रम वि’थोल्नेसम्मको निर्णय गर्नसक्ने विप्लव समूहका एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *