• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

इटली लगातार दोस्रो पटक विश्वकपमा पुग्न असफल

Bydeep

Mar 25, 2022

११ चैत, काठमाडौं । नर्थ मासेडोनियासँग प्ले अफमा पराजित भएपछि युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । अलेक्जान्दर त्रास्कोभ्स्कीले ९२औं मिनेटमा बक्स बाहिरबाट सानदार गोल गरेपछि मासेडोनियाको बेन्चमा उल्लासको वातावरण बनेको थियो । इटलीका खेलाडी र अफिसियल भने घरेलु समर्थकका अगाडि घुँडा टेकेर निराश देखिएका थिए ।

यो हारको अर्थ इटली लगातार दोस्रो पल्ट विश्वकपमा छनोट हुन असफल भएको छ । विश्व फुटबलको महामेलामा चार पल्टको विश्व विजेता इटलीले कम्तिमा १२ वर्ष प्रतीक्षा गर्नुपर्ने भएको छ । आठ महिनाअघि मात्र रोवर्टो मान्सिनी प्रशिक्षित इटलीले युरो-२०२० को फाइनलमा इंग्ल्याण्डलाइ उसकै मैदान वेम्बलीमा हराउँदै सानदार सफलता प्राप्त गरेको थियो । बिहीबार राति इटलीले अधिकांश समय खेल नियन्त्रणमा राखेको थियो ।सुदृढ मासेडोनियाली रक्षापंक्तिको अगाडि इटलीको ३२ प्रहार र ५ सट अन टार्गेट असफल भयो ।

विश्व वरीयतामा ६७औं स्थानमा रहेको मासेडोनियाले युरोपेली प्लेअफको फाइनलमा पोर्चुगलसँग खेल्नेछ । प्लेअफको पहिलो खेलमा पोर्चुगलले टर्कीलाई ३-१ गोलले पराजित गरेको थियो ।फिफा विश्वकप नोभेम्बर र डिसेम्बरमा कतारमा हुँदै छ ।

यो पनि पढ्नुहोस :देशलाई यो अवस्थासम्म ल्याउन नेता जति दोषी छन् त्यति नै भोट हाल्ने हात पनि दोषी छन् :राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाव जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन्। गोरखामा आयोजित आमसभामा बोल्दै उनले ठूलो भनिएको पार्टीले ३१ वर्षसम्म शासन सत्ताको बागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे। ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’

ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

ठूला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए। ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अब हामीलाई छैन,’ उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्‍यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’

एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुःख पाउने भन्दै उनले आसन्न चुनावमा पुराना गल्ती सच्याउने मौका भएको बताए। ‘एक वर्षभित्र देशमा तीनवटा निर्वाचन हुँदैछ। यो तपाईँका लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्। तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *