• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उत्तर कोरियाले अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना ,गर्यो आईसीबीएम परीक्षण (बाहिरीयो भिडिओ)

ByDeayam

Mar 25, 2022

उत्तर कोरियाले नयाँ किसिमको अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको पुष्टि भएको छ । सन् २०१७ यता पहिलोपटक उत्तर कोरियाले लामो रेन्जको मिसाइल परीक्षण गरेको हो ।

यस परीक्षणबाट उत्तर कोरियाले अन्तर्राष्ट्रिय जगतमा ठूलो तनाव सिर्जना गर्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।यतिमात्र नभएर उत्तर कोरियालका मिडियाले ‘ह्वासङ–१७’ नामको मिसाइल लन्चलाई ‘हलिउड फिल्म’को शैलीमा प्रस्तुत गराएको छ । जसमा हिरोको रूपमा ‘किम जोङ उन’ आफैँ देखा परेका छन् । यस भिडियोबारे अहिले सामाजिक सञ्जालभरि व्यापक चर्चा चलिरहेको छ ।

यसमा टलक्क टल्किएको छालाको ज्याकेट, जुत्ता अनि कालो एभिएटर चस्मा लगाएर किम मिसाइल परीक्षण गरिएको ठाउँमा ‘स्लोमोसन’मा हिँडिरहेका छन् । पछिल्लो समय उत्तर कोरियाले आफ्नो ‘डिजिटल इफेक्टस’मा सुधार ल्याउँदै राष्ट्रका कथा र विशेष समाचारहरू बताउन आधुनिक शैली अपनाउने प्रयास गरिरहेको देखिन्छ ।

यस्तोमा अनलाइन प्रयोगकर्ताहरूले यो भिडियोलाई ‘टप गन’ फिल्मसँग तुलना गरेका छन् भने कतिले चाहिँ उत्तर कोरियाली शैलीको ‘ग्याङनम स्टाइल’ पनि भनिरहेका छन् । किमको पहिरन र हाउबाउ हेरेर धेरैले यसलाई ‘प्योङयोङ स्टाइल’ अनि ‘टप किम जोङ उन’ भन्ने जस्ता हाँस्यास्पद नाम दिइरहेका छन् ।

यहाँसम्मकि यो भिडियोको ‘साउन्ड ट्रयाक’समेत फिल्मी शैलीमा राखिएको छ । मिसाइल सफलतापूर्वक लन्च भइसकेपछि किम हाँस्दै खुसी हुँदै आफ्ना सेनाहरूसँग नौलो ‘स्टाइल’ मा विस्तारै हिँडिरहेका छन् ।

यो नयाँ परीक्षणलाई उत्तर कोरियाली मिडियाले अमेरिकाको जुनसुकै घातक सैन्य कदमविरुद्ध लड्न सक्षम आणविक शक्ति भनेर व्याख्या गरेको छ ।

कहाँसम्म पुग्न सक्छ यो नयाँ मिसाइल ?

कोरियन सेन्ट्रल न्युज एजेन्सीको रिपोर्टअनुसार यो मिसाइल अधिकतम ६ हजार किलोमिटरको उचाइ र १,०९० किलोमिटरको दुरीसम्म पुग्न सक्छ । परीक्षणका क्रममा यो ६८ मिनेटसम्म उडेको थियो र पछि गएर योजनाबद्ध रूपमा ठिक ठाउँमा अवतरण गरेको बताइएको छ । मिसाइल कोरिया र जापानबीच पानीमा खसेको थियो ।यो भनेको उत्तर कोरियाको अहिलेसम्म रेकर्ड भएका मध्येमै सबैभन्दा उचाइमा र टाढा पुग्न सफल मिसाइल हो । परीक्षण गरिएको हुनाले पनि अन्य देशको आकासमाथिबाट उड्नबाट जोगाउन कठिन टार्जेक्टरी राखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।

के यसले ‘न्युक्लियर वारहेड’ बोक्न सक्छ ?

ह्वासङ–१७ थुप्रै न्युक्लियर वारहेड अर्थात आणविक हतियार बोक्न सक्नेगरी ठूलो आकारको रहेको बताइएको छ । त्यसैले वारहेडसँगै यसले अन्य हतियारहरू पनि बोक्न सक्नेछ । यो भनेको उत्तर कोरियाली पक्षको तर्फबाट ठूलो सुधार हो । तर सुधारको अर्थ यससँग यी सबै कुरा गर्न सक्ने पूर्ण क्षमता छ भनेर अहिले नै भन्न नसकिने विज्ञहरू बताउँछन् ।

उत्तर कोरियाको आगामी मिसाइल कार्यक्रम कस्तो छ ?

किम जोङ उनले उत्तर कोरियालाई विश्वसनीय परमाणु शक्ति बनाउन थुप्रै महत्वाकांक्षी योजनाहरू सार्वजनिक गर्दै आएका छन् । यसमा उनको मुख्य लक्ष्य भनेको अमेरिकाबाट हुनसक्ने कुनैपनि किसिमको हमलाबाट आफूलाई बचाउन सक्नु र प्रतिरोध गर्न पनि सक्षम बन्नु रहेको छ । विश्वविद्हरूका अनुसार किमले आफ्ना यी लक्ष्यहरू पूरा नगरेसम्म रोकिने संकेत देखाउने छैनन् ।यसअघि किमले आफ्ना मिसाइलहरूको रेन्ज १५ हजार किलोमिटरसम्मले बढाउन चाहेको र त्यसको सटिकतामा पनि अधिक सुधार ल्याउने योजनाको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *