• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उनकै त्यो एउटा शब्दले पल शाहलाई थुनामा पठायो

Bydeep

Mar 25, 2022

काठमाडौं चैत १०, अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बिहीबार साँझ अदालतको आदेश आएसँगै शाह जिल्ला कारागार, तनहुँ पठाइएका छन् ।
उनीसँगै मतियारका रुपमा मुद्दा चलाइएका म्यानेजर कृष्ण जोशीलाई चाहिँ एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाले अभिनेता शाहलाई थुनामा पठाउने आदेश दिँदा उनकै बयानलाई प्रमुख आधार मानेका छन् । शाहले ‘राति १२ बजेतिर पीडितलाई म्यासेज गरेर साथीहरुसँग खाएर बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको’ स्वीकारेका थिए ।

‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन’ न्यायाधीश ढुंगानाले लेखेको आदेश पर्चामा भनिएको छ, ‘यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबरजस्ती करणी गरेका तथ्यसँग भिड्न आएको देखियो ।’

१८ वैशाखमा तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बेग्लाबेग्लै कोठामा सुतेको अवस्थामा राति १२ बजेतिर नाबालिकाको कोठामा आएर यस्तो कार्य गरेको भन्दै शाहविरुद्ध पीडितका बुबाले ११ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएका थिए ।

अदालतमा दिएको बयानमा पनि पीडित नाबालिकाले पनि ‘मध्यराति आएर शाहले विवाह गर्ने झुटो आशमा हुँदैन भन्दाभन्दै ज’बरज’स्ती ग’रे’को’ भनेकी थिइन् ।
पीडितको बयान पनि शाहलाई थुनामा पठाउने बलियो आधार बनेको छ । शाह र पीडित किशोरीबीच विवाद सुरु भएपछि भएको छलफलका क्रममा शाहले बोलेको अडियो रेकर्डलाई पनि अदालतले महत्वपूर्ण प्रमाण मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *