• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

गण्डकी प्रदेश सरकारले आवश्यक गाडी खरिदको मापदण्ड बनायो

ByDeayam

Mar 25, 2022

गण्डकी प्रदेश सरकारले मातहतका लागि आवश्यक गाडी खरिदको मापदण्ड तयार गरेको छ।

फागुन ३० गते बसेको बैठकले सवारी साधनको मापदण्ड अध्ययन प्रतिवेदन पास गरेको छ। गाडीको खरिद र उपयोगितामा एकरूपता ल्याउने तथा मितव्ययिता अपनाउन मापदण्ड तोकिएको हो।यसअघि गाडीको मूल्य अनुसार खरिद गर्ने गरेकोमा अव क्षमताका आधारमा खरिद व्यवस्था मिलाइएको छ। नयाँ मापदण्ड अनुसार मुख्यमन्त्रीका लागि ३ हजार सीसीको मात्रै गाडी किन्न पाइने भएको छ।

सभामुख र मन्त्रीका लागि २५ सय सीसी तथा उपसभामुख, विपक्षी दलका नेता, राज्यमन्त्री, दलका सचेतक, दलका नेता, संसदीय सभापतिहरू, सहायक मन्त्री र प्रमुख सचिवका लागि २३ सय सीसीको गाडी किन्न पाइन्छ।

यस्तै, मुख्य महान्यायाधिवक्ता, संवैधानिक निकायका प्रमुख र सदस्य, प्रदेश सचिवलाई २२ सय सीसीको गाडी किन्न पाइने गरी मापदण्ड तयार गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। उनका अनुसार यसअघि मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयबाट पाउँदै आएका इन्धन अब आफ्नै मन्त्रालयबाट निकाल्न पाउने भएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *