• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

चुनावमा कांग्रेस, माओवादीलाई भोट दिएर गल्ती नगर्नुस् – राजेन्द्र लिङ्देन

Bydeep

Mar 25, 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्याउन आग्रह गरेका छन् ।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रब्युहमा देशसँगै हामी पनि फसेका छौं,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’

कांग्रेस, र माओवादीले चुनाव जितेर देश बनाउँछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङदेनले टिप्पणी गरे । ‘साढेको टाङमुनि बाल्टी थापेर दुध आउछ ? साँढेले दुध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिदाँ दुध आउछ ? साँढेको धर्म नै दुध दिने होइन, कसरी आउछ ? त्यसैले ठूला भनिने दललाइ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुहोस :देशलाई यो अवस्थासम्म ल्याउन नेता जति दोषी छन् त्यति नै भोट हाल्ने हात पनि दोषी छन् :राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाव जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन्। गोरखामा आयोजित आमसभामा बोल्दै उनले ठूलो भनिएको पार्टीले ३१ वर्षसम्म शासन सत्ताको बागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे। ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’

ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

ठूला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए। ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अब हामीलाई छैन,’ उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्‍यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’

एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुःख पाउने भन्दै उनले आसन्न चुनावमा पुराना गल्ती सच्याउने मौका भएको बताए। ‘एक वर्षभित्र देशमा तीनवटा निर्वाचन हुँदैछ। यो तपाईँका लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्। तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *