• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

धरौटीमा छाड्नुपर्ने मागसहित पल शाह उच्च अदालत जाने

Bydeep

Mar 25, 2022

बालिका बलात्कारको अभियोग लागेका अभिनेता पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाने भएका छन् । तनहुँ अदालतले बिहीवार पललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो । पलका वकिलहरूले आइतवार उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी गरेका छन् ।

पललाई धरौटीमा छाडेर अनुसन्धान गर्नुपर्ने माग गर्दै पलका वकिलहरू उच्च अदालत जाने तयारी गरिरहेका हुन् । पीडितको बयान बाझिएको विषयलाई आधार बनाएर पुनरावेदन गर्ने पलका वकिलहरूको भनाइ छ ।

यो पनि : राजाले मलाई छाडेका हुन्, मौका पाएँ भने ज्ञानेन्द्रसँग सोध्नेछु : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’, थापाले एक भिडियोमार्फत भनेका छन् । उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ । उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्नेबारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् ।

‘२०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो’, थापाले भने, ‘आखिर निर्मल निवासले मविरुद्ध यति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजा (पूर्वराजा ज्ञानेन्द्र शाह)लाई यसबारे अवश्य सोध्नेछु ।’

सो घटनापछि आफूले सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गर्दै अहिले लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धिको एजेण्डा बोकेर हिँड्नुपरेको थापाको भनाइ छ । उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन नसकेको पनि थापाले बताए । राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै भएको सन्दर्भमा अब राजसंस्था पुनर्स्थापनाको सम्भावना नभएको थापाको निष्कर्ष छ ।

‘वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको प्रयासको बाबजुद पनि राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा राजा वा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन सकेन’, थापाले भने, ‘जसको परिणामस्वरूप राजसंस्था र राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै गयो । र, राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बन्दै गयो ।’ थापाले यो पृष्ठभूमिमा अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प नरहेको बताएका छन् । यद्यपि राजसंस्थाप्रति आफ्नो सम्मान भने कायमै रहने उनको भनाइ छ ।

थापाको भनाइ जस्ताको तस्तै:

मैले राजसंस्थाको एजेण्डा छाडेको बारेमा कतिपयलाई आश्चर्य लागेको छ । कतिपयले यसैलाई निहुँ गरेर मेरो चरित्र हत्या गर्नेगरी नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन् । तर, वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ । २०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो । आखिर निर्मल निवासले मविरुद्ध कति कठोर कदम किन चाल्यो ? कुनै दिन मौका पाएँ भने राजालाई यसबारे अवश्य सोध्नेछु ।

तर यस घटनापछि मैले मेरो सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेँ । मैले मेरो अन्तर आत्मालाई सोधेँ । मेरो अगाडि कुनै विकल्प रहेन । वास्तवमा १५ वर्षको राजनीतिक अभ्यासका क्रममा हाम्रो निरन्तरको प्रयासको बाबजुद राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा राजा वा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन सकेन । जसको परिणामस्वरूप राजसंस्था, राजनीतिक दल र जनताको बीचको दूरी झन् बढ्दै गयो ।

र, राजसंस्था पुनर्स्थापनाको सम्भावना क्षीण बन्दै गयो । एकातिर यस्तो अवस्था रह्यो भने अर्कोतर्फ शतप्रतिशत राजावादी भएको राप्रपामा निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेर राजसंस्था साझा अभिभावकको रूपमा रहन सक्दैन, निष्क्रिय भएर बस्न सक्दैन भन्ने सन्देश प्रवाहित गर्‍यो । यो पृष्ठभूमिमा हामीले सोच्यौँ–अब लोकतन्त्र, हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डा बोकेर जानुबाहेक अर्को कुनै विकल्प छैन । राजसंस्थाप्रति मेरो अविचलित विश्वास मेरो हिजो पनि थियो भोलि पनि हुनेछ । तर, अबको हाम्रो गन्तव्य लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धि नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *