• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेकपा एसले कांग्रेससँग नभए माओवादीसँग चुनावी तालमेल गर्छ – प्रवक्ता खतिवडा

Bydeep

Mar 25, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले कांग्रेससँग नभए माओवादीसँग चुनावी तालमेल गर्ने बताएको छ । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले चुनावी तालमेलमा नेपाली कांग्रेस सहभागी नभए जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग गठबन्धन हुने बताएका हुन् ।

जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका हुन् । कांग्रेस गठबन्धन नगर्ने निर्णय गरेमा मधेसमा जसपा र माओवादी केन्द्रसँग गठबन्धन हुने उनको दाबी छ ।

‘राजनीतिक स्थिरता, प्रतिगमन विरुद्ध, लोकतन्त्रको पक्ष र संविधानको रक्षाका लागि गठबन्धन बनाएको भन्दै खतिवडाले अहिले पनि प्रतिगठमनकारीहरूले षड्यन्त्र गरिरहेको बताएका छन् ।त्यस्ता षड्यन्त्रकारीलाई परास्त गर्न राष्ट्रका लागि आज पनि गठबन्धनको आवश्यकता रहेको बताएका छन् । राष्ट्रको हितकै लागि दलहरूबीच एकता कायम राख्न एमसीसी सदनबाट पारित गरेको खतिवडाको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *