• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठ र श्रद्धा कपुरबीच ब्रेकअप!

ByDeayam

Mar 25, 2022

काठमाडौं। बलिउड अभिनेत्री श्रद्धा कपुर र नेपाली मूलका फोटोग्राफर रोहन श्रेष्ठबीचको सम्बन्ध टुटेको खबर भारतीय संचारमाध्यमले प्रकाशित गरेका छन्।

उनीहरुले आफ्नो सम्बन्धलाई पहिले पनि कहिल्यै स्वीकार गरेका थिएनन् यद्यपी उनीहरु डेटिङ गएको फोटोहरु भने सार्वजनिक भइरहन्थे।

यतिबेला उनीहरुबीच ब्रेकअप भएको भारतीय संचारमाध्यमको दाबी छ। गोवामा हालै सम्पन्न श्रद्धाको बर्थडेको पार्टीमा रोहन नपुगेपछि उनीहरुको सम्बन्ध बिग्रिएको चर्चा चुलेको थियो।

त्यसमाथि बिहीबार श्रद्धाले ‘और सुनाओ’ क्याप्सन लेख्दै इन्स्टाग्राममा फोटो सार्वजनिक गरेपछि भने उनीहरुको ब्रेकअप भएको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *