• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन सकेन :अर्थमन्त्री जनार्दन शर्मा

ByDeayam

Mar 25, 2022

अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् । राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्धाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभुत एकरुपता हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए ।

अर्थमन्त्री शर्माले भने, ‘आज गणतन्त्रपछि पनि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौं । त्यो प्रणाली अनुरुपको के को कुरा के हो भन्ने एउटाले, अर्कोले अर्को कुरा भनिरहेको छ । कसरी हुनसक्छ सामाजिक न्याय ? कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभुत एकरुपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरुमा बृद्धि भइरहेको बताए । उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *