• Mon. Feb 19th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बलिउड अभिनेत्री लारा दत्तलाई कोरोना संक्रमण पुष्टि

ByDeayam

Mar 25, 2022

बलिउड अभिनेत्री लारा दत्तलाई कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेत्री लारा दत्तले आधिकारिक रुपमा जानकारी सार्वजनिक नगरेपनि विशेष सुत्रले भने उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार बीएमसीले अभिनेत्री लाराको घर बाहिर माइक्रो कन्टेन्मेन्ट जोनको बोर्ड लगाएको छ ।

अहिले लारा दत्तको घर सिल गरिसकिएको छ । तर, यसबारे सोसल मिडियामा अभिनेत्री लाराले कुनै पनि आधिकारिक जानकारी भने गराएकी छैनन् । केही समय अगाडि मात्रै उनले इन्स्टाग्राममा साथी जेट्लीको किड्ससँग आफ्नो छोरीको केही तस्वीरहरु सेयर गरेकी छन् ।

क्याप्शनमा उनले लेखेकी छन्, ‘कुनै बेला ४ वर्षका थिइन् । अब १० वर्षकी भइसकिन् । र अहिले पनि यी दुई स्पाइडरम्यान रक गरिरहेका छन् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *