• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

माधब नेपालले केपी ओली र पूर्वराजा ज्ञानेन्द्र बीचको ठुलो खुलासा बाहिर ल्याईदिए

ByDeayam

Mar 25, 2022

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाउनुभएको छ ।

अध्यक्ष नेपालले आउँदाे वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आराेप लगाउनुभएकाे हो ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले शुक्रवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयाे, ‘यो गठबन्धनलाई तोड्नका लागि केपी ओली लागिपरेका छन् । तर उनी पनि गठबन्धन गर्दैछन्, कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन् । विदेशीहरूसँग, दलाली गर्ने पार्टीहरूसँग तालमेल गर्न खोजिरहेका छन् । किनभने उनीहरू दक्षिणपन्थी शक्ति हुन ।’

अध्यक्ष नेपालले आफूहरू भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरूसँग चुनावी तालमेल गरेर अघि बढ्ने बताउनुभयाे । उहाँले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवाप्रति आभार पनि व्यक्त गर्नुभयो ।

यस्तै अध्यक्ष नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्ने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको दाबीसमेत गर्नुभयो । पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको पनि उहाँकाे दाबी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *