• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

मुगुका ५२ वर्षीय शाही म्यादीको लाइनमा

ByDeayam

Mar 25, 2022

कर्णाली प्रदेश चरम गरिबिको मारमा छ । कर्णालीमा १० वटा जिल्ला छन् । ती मध्येको विकट हिमाली जिल्ला हो मुगु । यहाँ भाषा, सांस्कृतिक, धार्मिक, जडिबुडी, विभिन्न प्रकारका ताल, हिमाललगायत पर्यटकीय क्षेत्रले ओगटेको छ ।

यहाँका सम्भावित क्षेत्रको उचित प्रचारप्रसार नहुँदा जिल्लामा रोजगारीको अवसर छैन । मुगुवासी रोजगारीको लागि खाडी मुलुक धाउने गरेका छन् ।

मुगुको बेरोजगारी म्यादी प्रहरीको लाइनमा समेत देख्न सकिन्छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय मुगुले म्यादी प्रहरीको भर्ना लिइरहेको छ । म्यादीको लाइनमा १८ वर्षदेखि ५२ वर्षसम्मका नागरिक छन् ।

जिल्ला प्रहरी कार्यालयले चैत ६ गतेदेखि ११ गतेसम्म भर्ना आह्वान गरेको छ । मुगुका नागरिकलाई रोजगारी र आर्थिक श्रोतको बाटो नहुनाले मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला ५२ वर्षीय केशर शाही कागजात समातेर म्यादी प्रहरीको लाइनमा छन् ।

घरमै कृषि मजदुरी गरेका शाही म्यादी प्रहरीको आवेदन खुलेको जानकारी प्राप्त भएपछि दरखास्त दिन गमगढी पुगेका हुन् । ुघरमा अरू आयस्रोतको बाटो छैन । ४० दिनको लागि भए पनि काम पाइन्छ कि भनेर म्यादीमा भर्ना हुन आएको हुँ,ु उनले भने । उनको घरमा चार जना सदस्य रहेका छन् । सानो परिवार भए पनि उनलाई आर्थिक अभावले निकै समस्या हुने गरेको छ ।

छोरा छोरीको पठापठनमा थोरै भए पनि सहयोग पुग्ने आसाले आफूले म्यादी प्रहरीमा भर्ना हुन चाहेको उनले बताए । घरमा खान लगाउन पुग्दैन । गाह्रो छ, उनले भने ।

यस पटक जिल्ला प्रहरी कार्यालय मुगुमा ४ सय ६९ जना म्यादी प्रहरीको माग रहेको छ । बिहीबारसम्म म्यादीका लागि ७ सय ५० जनाले आवेदन भरिसकेको जिल्ला प्रहरी कार्यालय मुगुका कार्यालय प्रमुख सुवास हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *