• Wed. Feb 21st, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

यसकारण नेपालमा इन्टरनेट रोकिदिने टाटा र एयरटेल कम्पनीको चेतावनी

ByDeayam

Mar 25, 2022

नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने  चेता वनी आएको इन्टरनेट सेवा प्रदायकहरुले दावी गरेका छन् । ५ महिनादेखि ब्यान्डविथ आयात गरेबापतको शुल्क नतिरेपछि भारतीय विक्रेता कम्पनीबाट चेता वनीयुक्त पत्र आउन थालेको उनीहरुको इन्टरनेट नेटवर्क सेवा प्रदायकहरुको भनाइ छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार सरकारले विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिस नदिंदा ब्यान्डविथ बापतको शुल्क तिर्न सकिएको छैन । ‘सेवा प्रदायक कम्पनीहरुलाई अब पनि पैसा नतिरे सेवा रोक्ने चेता वनी आइरहेको छ,’ उनी भन्छन्,’सरकारले छिटो सिफारिस नदिए समस्या पर्नसक्छ ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४/७५मा सेवा प्रदायकबाट उठाउनुपर्ने गरी औंल्याएको बेरुजु रकम नतिरेसम्म विदेशी मुद्रा सटहीको सिफारिस नदिने बताउँदै आएको उनले बताए । ५ महिनादेखि सिफारिस रोकिएपछि मासिक ५० करोडसम्म भारतमा पठाउन रोकिएको छ ।

‘कम्पनीहरुले करिब दुई-साढे २ अर्ब रुपैयाँ भुक्तानी पठाउन सकेका छैनन्,’ अध्यक्ष पराजुली भन्छन्,’ महालेखाले तिर्नुपर्ने भनेको बेरुजुलाई कटौती गर्न गरी संसदको प्रविधि तथा विकास समितिबाट निर्देशन भइसकेको अवस्थामा इन्टरनेटको भुक्तानी रोकेर राख्नु उचित हुन्न ।’ इन्टरनेटको मर्मत शुल्कबापत कमाएको पैसमा रोयल्टी र ग्रामीण दूरसञ्चार शुल्क नतिरेपछि महालेखाले बेरुजु औंल्याएको थियो ।

नेपालमा प्रायः इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेल र टाटाबाट इन्टरनेट ब्यान्डविथ किन्छन् । लामो सयमसम्म ठूलो रकम नेपालमै रोकिएपछि उनीहरुले कम्पनीहरुमाथि छिटो शुल्क भुक्तानीका लागि दबाव बढाएका हुन् ।

तर, मन्त्रालय भने बेरुजु रकम दाखिला नगरेसम्म सिफारिस नदिने पक्षमा अडिग छ । मन्त्रालयका एक अधिकारी बेरुजु भुक्तानी नभएसम्म कुनै पनि सहजीकरणको काम नहुने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *