• Fri. Feb 16th, 2024

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युक्रेनले भूभाग गुमाउने विषयमा निर्णय आफैं लिन बाइडनको सुझाव

ByDeayam

Mar 25, 2022

अमेरिकाका राष्ट्रपति जो बाइडनले युद्धविरामका लागि आफ्नो भूभाग गुमाउने कि नगुमाउने निर्णय युक्रेन आफैंले गर्नुपर्ने बताएका छन् । तर युक्रेनले भूभाग गुमाउने विषयमा सहमति जनाउनैपर्ने नभएको पनि उनले बताए ।

नेटोको बैठकमा सहभागी हुन ब्रसेल्स पुगेका बाइडनले पत्रकार सम्मेलनमा बताए, ‘यो युक्रेनकै निर्णय हो । आफ्नो बारेमा उसैले निर्णय लिने हो । युक्रेनीहरूले गरिरहेको सहमति र वार्तामा म संलग्न छैन ।

उनीहरूले नै निर्णय लिने कुरा हो ।’ युद्धविरामका लागि भूभाग गुमाउन पनि युक्रेन तयार रहनुपर्छ भनी एक पत्रकारले गरेको प्रश्नमा बाइडनले यस्तो जवाफ दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *