• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी राष्ट्रपतिकी छोरी मारियाको सम्बन्धविच्छेद, डच व्यापारीसँग भएको थियो विवाह

Bydeep

Mar 25, 2022

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया वोरन्तसोवा (३६) को विवाह टुटेको डेली मेललेजानकारी दिएको छ । यो खबर त्यतिबेला आएको हो जब पुटिन युक्रेनसँग युद्धको विषयमा लगातार चर्चामा छाइरहेका छन् । ग्ल्यामरस डा. भनेरसमेत चिनिने मारिया, रसियाली राष्ट्रपति जासुसको रुपमा काम गरिरहेका बेला जन्मिएकी थिइन् । उनी बालबालिकामा हुने दुर्लभ आनुवंशिक रोगकी विशेषज्ञ हुन् । जानकारीका अनुसार मारियाले आफ्ना डच व्यापारी श्रीमानसँग सम्बन्धविच्छेद भएको छ । यी दुईका दुई सन्तान छन् ।

निर्वासित रुसी खोज पत्रकार सर्गेई कानेभले युक्रेनसँगको युद्धका कारण पुटिनले ‘आफ्नी जेठी छोरीको लागि असाध्यै खराब काम गरे’ भनेका छन् । उनले खुलासा गर्दै भने, ‘सेन्ट पीटर्सबर्ग नजिकैको अत्याधुनिक मेडिकल सेन्टर निर्माणको मेगा–प्रोजेक्टमा उनको अत्यधिक सेयर छ ।’ ‘उक्त योजनाको उद्देश्य भनेको युरोप र पर्सियन गल्फ देशका धनाढ्य शिखलाई आकर्षित गर्नु थियो ।’

‘र अहिले, युक्रेनमाथिको आक्रमणपश्चात् कस्ता खालका युरोपियन र सिख आउलान् त ?’ क्रेमलिनमा हुने गरेको भ्रष्टाचार सम्बन्धि सामग्री प्रकाशन गरेपछि प्रतिबन्धित भएको द इन्साइडरका निर्वासित सम्पादक रोमन दोब्रोखोतोभले पनि आफ्नो सोसल मिडियामा पुटिनकी छोरी आफ्ना डच व्यापारी श्रीमान् जोरिट फासेनसँग छुट्टिइसकेको जानकारी दिए । उनले यी दुईको कहिले सम्बन्धविच्छेद भयो भनेर थप जानकारी भने दिएनन् । यद्यपि, युद्ध सुरु हुन अघि यी दुई छुट्टिएको बताइन्छ । पुटिनले कहिल्यै पनि आफ्ना सन्तान र उनीहरुको नीजि जीवनबारे कुनै पनि जानकारी सार्वजनिक गर्ने गरेका छैनन् ।

यो पनि पढ्नुहोस :देशलाई यो अवस्थासम्म ल्याउन नेता जति दोषी छन् त्यति नै भोट हाल्ने हात पनि दोषी छन् :राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बारम्बार शासन सत्तामा रहेर केही प्रगति गर्न नसक्ने पार्टीलाई चुनाव जिताएर फेरि गल्ती नगर्न आग्रह गरेका छन्। गोरखामा आयोजित आमसभामा बोल्दै उनले ठूलो भनिएको पार्टीले ३१ वर्षसम्म शासन सत्ताको बागडोर सञ्चालन गर्दा पनि देशका लागि हित हुने काम गर्न नसकेको दाबी गरे। ‘कुनै कांग्रेस एमाले र माओेवादीका साथीहरुले हात उठाएर भन्न सक्नुहुन्छ कि अब शेरबहादुर देउवालाई कतिचोटि र कति वर्ष प्रधानमन्त्री बनायो भने यो देश बन्छ?,’ लिङ्देनले भने, ‘देउवा, ओली र प्रचण्डलाई कतिचोटि र कति वर्ष अब प्रधानमन्त्री बनाइदियो भने देश बनाउँलान्? त्यसकारण फेरि पनि उनीहरुकै पार्टीलाई भोट दिएर गल्ती गर्नु हुँदैन।’

ठूला भनिएका यी पार्टीले देश बनाउलान् भनेर प्रतिक्षा गर्नु र गोरुले दुध दिन्छ भन्नुउस्तै भएको नेता लिङ्देनले बताए। ‘कांग्रेस, एमाले, माओवादीले चुनाव जितेर देश बन्छ भन्नु र साँढे दुहेर दुध झर्छ भन्नु उस्तै हो,’ उनले भने, ‘यस्तो मुर्खता अब गर्नु हुँदैन।’

ठूला दलले देशलाई उद्योग धन्दा विकास गर्नुको सट्टा देशलाई बेरोजगारीको केन्द्रका रुपमा परिणत गरेको र तिनैलाई भोट दिएर देश बन्छ भनेर गल्ती गर्न नहुने उनले बताए। ‘एउटा चुनाव हेरौँ न भन्ने छुट र सुविधा अब हामीलाई छैन,’ उनले भने, ‘नेता चोरै हो भन्ने कुरा थाहा हुँदाहुदै आफ्नो पार्टी पर्‍यो हात अर्कोतिर लाग्दैन भन्दै त्यही रुख, त्यही सूर्य, त्यही हँसियाहथौडामा भोट दिइराख्ने हो भने हामी आफू त बर्बाद भयौँ, हाम्रो भाबी सन्ततिको भविष्यसमेत बर्बाद बनाउनेछौं।’

एउटा गलत मान्छेलाई भोट दिएमा पूरै देशले नै दुःख पाउने भन्दै उनले आसन्न चुनावमा पुराना गल्ती सच्याउने मौका भएको बताए। ‘एक वर्षभित्र देशमा तीनवटा निर्वाचन हुँदैछ। यो तपाईँका लागि विगतको गल्ती सच्याउने एउटा अवसर हो,’ उनले भने, ‘देशलाई यो अवस्थासम्म ल्याउनमा नेता जति दोषी छन्। तिनलाई भोट हाल्ने हात पनि त्यति नै दोषी छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *