• Fri. Sep 29th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

असारको अन्तिम सम्मा एसईईको नतिजा सार्वजनिक गर्ने यस्तो छ बोर्डको तयारी

ByDeayam

Jun 5, 2022

गत २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आगामी असारको अन्तिम सातामा सार्वजनिक गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले छिटोमा असार मसान्तसम्ममा र ढिलोमा साउनको पहिलो सातामा नतिजा सार्वजनिक गर्ने गरी काम अगाडि बढाएको हो ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले भने, “सकभर असार मसान्तसम्ममा नतिजा सार्वजनिक गर्ने योजना बनाएका छौँ ।”

बोर्डले गत वैशाख २० गते परीक्षा सम्पन्न गरेको थियो । परीक्षा सकिए लगत्तै स्थानीय तह निर्वाचनमा कर्मचारी र शिक्षक खटिएपछि एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अगाडि बढ्न सकेन । जेठको पहिलो साताबाट मात्र उत्तरपुस्तिका परीक्षण थालिएको छ ।

“अब उत्तरपुस्तिका परीक्षणको काम धमाधम थालिएको छ । असारको अन्तिम साताभन्दा अगाडि नतिजा सार्वजनिक हुन सम्भव छैन” उपपरीक्षा नियन्त्रक भक्त गोदारले भने ।

पनिकाले विभिन्न ५६ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षणको कार्य जारी राखेको छ । परीक्षा नियन्त्रण कार्यालयमा पनि उत्तरपुस्तिका परीक्षणको कार्य भइरहेको छ । कक्षा ११ को नयाँ भर्ना कार्य आगामी साउनभन्दा अगाडि सम्भव नहुने स्पष्ट देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *