• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

उखुको जुस पिउने गर्नु भएको छ भने एकपटक अवश्य नछुटाई पढ्नुहोला

ByDeayam

Jun 5, 2022

नेपालको तराई क्षेत्रमा धेरै पाइने उखुबाट जुस, चिनी जस्ता विभिन्न खाद्य तथा पेय पदार्थ बन्छ, तर उखुको जुस स्वास्थ्यका लागि कति फाइदाजनक छ भन्नचाहिँ सबैलाई हेक्का नहुन पनि सक्छ । उखुको जुसमा कागती र पुदिनाको रससमेत मिसाएर सेवन गर्दा मिठास बढ्छ । त्यति मात्रै हैन यसले स्वाथ्यका लागि पनि बरदानकाे काम गर्ने गर्छ । निम्न छन् उखुकाे जुस पिउनुका फाइदाहरु:-

१) उखुको जुसमा ग्लाइकेमिक इन्डेक्स निकै कम हुन्छ । त्यसकारण यो डायबिटिज रोगीहरूका लागि पनि प्रभावशाली औषधी हो । यसमा उल्लेख्य मात्रामा खनिज तत्व पाइन्छ जसले गर्दा यो दाँतसम्बन्धी सबै समस्याका लागि एउटा कारगर उपाय हो ।

२) उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् । यसले शरीरमा प्रोटिन स्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्याउछ ।

३) घाँटी दुखेको अथवा रुघाखोकी लागेको अवस्था छ भने पनि यस्तोमा उखु जुसले निकै सकारात्मक सहयोग पुर्याउँछ । ४) यदि तपाईंको साँस ग`न्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ यसो गरेमा चाँडै नै साँस ग`न्हाउने समस्याबाट राहत मिल्दछ ।

५) उखुको जुसमा अत्यधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जुन हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ । यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ । ६) उखुको जुसले शरीरमा प्रोटिन र अन्य पोषक तत्वको कमी पुर्ताल गर्दछ जसले गर्दा पहेँले रोगबाट छुटकारा पाउन धेरै सहयोग मिल्दछ ।

७) उखुको जुस डाइयुटेरिक अर्थात् मू`त्रव`द्र्धक हुन्छ, यसले शरीरमा मू“त्रसम्बन्धी क्षेत्रहरूमा संक्रमण हुनबाट जोगाउँदछ । यसबाहेक मृगौलामा पत्थरी हुनबाट पनि यसले बचाउँदछ । मृ`गौला कि`डनीले राम्रोसँग काम गरिरहेको भए पनि उखुको जुस निकै सहयोगी हुन्छ ।

८) पहेँले रोग (कमलपित्त)को उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ यस कारणले गर्दा हाम्रो शरीरको त्वचा (छाला) पहेँलो हुँदै जान्छ । ९) उखुको जुस महत्वपूर्ण आयुर्वेदिक औषधी पनि हो, यसले हाम्रो कलेजोलाई पनि शक्ति प्रदान गर्दछ ।

१०) उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *