• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सृजना सिंहले भनिन्, ‘यो कुरा तपाईंको मुखबाट आउँदा सुहाएन दाइ’

ByDeayam

Jun 5, 2022

कांग्रेस काठमाडौं मेयरकी उम्मेदवार सिर्जना सिंहले नेता रामचन्द्र पौडेलको कटाक्षप्रति जवाफ फर्काएकी छिन् ।

पौडेलले काठमाडौंमा उम्मेदवार नै चयन ठीक नभएको भन्दै बोलेपछि कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी सिर्जनाले जवाफ पर्काएकी हुन् ।

प्रकाशमानले भन्दा पहिले पौडेलले आफ्नो राजनीतिक यात्रा चिनेको र थाहा पाएको भन्दै सिंहले पौडेल गोरखाको जेलमा पर्दा दिएको साथ र सहयोग बिर्सेको पनि बताएकी छिन् ।

‘‘मेरो राजनीतिक यात्रामा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहा पाउनु भएको, हामी छिमेकी जिल्लावासी पनि मेरो बिहेअघि तपाईं गोरखामा जेल पर्नुहुँदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ? यो कुरा तपाईंको मुखबाट आउँदा भन्दा अलि सुहाएन कि दाइ’ सिर्जनाले ट्वीटरमा लेखेकी छिन् ।

रामचन्द्र पौडेलले वंशलाई अगाडि बढाउने चलखेलले काठमाडौंमा काँग्रेसले हारेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *