• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अचानक बिरामी परेपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पताल भर्ना, स्वास्थ्य अवस्था नाजुक

Bydeep

Jun 6, 2022

काठमाडौं । बलिउड दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य स्थिति बिग्रिएका कारण अस्पताल भर्ना गरिएको छ । भारतीय मिडियाका अनुसार उनलाई ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको छ । बाबुको स्वास्थ्य अवस्था नाजुक बनीरहेका बेला छोराहरु सनी र बबी देओल भेट्नका लागि गएको बताइएको छ ।

८६ वर्षका धर्मेन्द्रको स्वास्थ्यमा समस्या देखिए पनि धर्मेन्द्रले करण जोहरको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । धर्मेन्द्रले अघिल्लो महिना बिरामी भएर निको भएपछि सुटिङ सुरु गरेका थिए । तर अहिले भने उनको स्थिति नाजुक भएको बताइएको छ ।

एक महिना अघि मात्रै धर्मेन्द्र आफ्नो नयाँ फिल्म ‘अपने–टु’ को सुटिङका बेला घाइते भएपछि केही समयदेखि अस्पताल र घरमा आराम गरिरहेका थिए ।यतिबेला पनि उनलाई ब्रिच क्यान्डी अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । अघिल्लो पटक आँफु अस्पतालबाट निस्किएसँगै धर्मेन्द्रले आफ्नो स्वास्थ्यमा भएको समस्याबारे बताउका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *