• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

अनुहारमा लगाउनै नहुने १० कुराहरू

ByDeayam

Jun 6, 2022

काठमाडौं। अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन। आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन्। जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन्। तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छ ? त्यो हामीलाई थाहा हुन्न। यसै सन्दर्भमा अनुहारमा लगाउन नहुने दश कुराहरू के के हुन् त ?

छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्यको यस्ता छन् १० सुझाव:

१.नुहाउने साबुन र स्याम्पो अनुहारमा प्रयोग गर्नु हुँदैन ।

यसमा सल्फेट (सोडियम लरेन्ट) भन्ने पदार्थ धेरै फिँज आओस भनेर प्रयोग गरिएको हुन्छ। जसले शरिर र कपालको फोहोर निकाल्न सहयोग गर्दछ। तर यसमा पिएचको मात्रा धेरै हुन्छ। हाम्रो अनुहारमा बढिमा पिएच मान ६ सम्म हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोगले हाम्रो अनुहार ज्यादै सुख्खा हुन गई मोस्चराइजर समेत घटाउँछ ।

२. धेरै तातो र धेरै चिसो पानीले मुख धुनु हुँदैन।

धेरै तातोरचिसो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर घटाउँदछ भने पिएच गडबढी गराउँदछ। मनतातो पानी वा तातो पानीबाट निस्केको वाफले मुख धुँदा उपयुक्त हुने गर्दछ।

३. स्टेरोइड भएको क्रिमहरु अनुहारमा प्रयोग गर्नु हुन्न।

लामो समयसम्म स्टेरोइडको प्रयोगले अनुहारको छाला पातलो बनाई दिन्छ। यसको प्रयोगले छाला सेन्सेटिभ बनाउने तथा अनुहारका नसाहरू बाहिर निस्किने भएकाले अनुहार रातो देखिने हुन्छ।

४. कागतीको रस अनुहारमा प्रयोग गर्नु हुन्न।

कागतीको रसमा भिटामीन सीको मात्रा धेरै हुने भएकाले अनुहारमा प्रयोग गर्नु उपयुक्त हुँदैन। कागतीको (साइट्रिक एसिड) पिएच(२/३) न्यून हुने भएकाले अनुहारको पिएच गडबढी गराउँछ। कागतीको रस अनुहारमा लगाएर उज्यालोरघाममा निस्किँदा फाइटो फोटोडर्मा डाइटिस नामक एलर्जी हुने सम्भावना धेरै हुन्छ। जसको असर लामो समयसम्म (पोष्ट इन्फ्लोमेन्ट्री हाइपरटेसन(पिआईएच) दाग बस्दछ। त्यसैले कागती खानु राम्रो हो तर अनुहारमा लगाउनु राम्रो होइन।

५. वडी लोसन र मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुन्न।

छालामा लगाउने वडी लोसन मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन। यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबढी गर्दछ। तर अनुहार र शरिर दुवैमा प्रयोग गर्न मिल्ने लोसनरमोस्चराइजरले भने असर गर्दैन।

६.नरिवलको तेल अनुहारमा प्रयोग गर्नु हुँदैन ।

अनुहारमा डण्डीफोर र धेरै तेलआउने मानिसले झन नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन। नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुने भएकाले अनुहारमा भएका तेलरपसिनाका ग्रन्थीहरुलाई ब्लक गरी दिन्छ।

७. डेओडेरेन्ट, पफ्र्युम र हेअर स्प्रे अनुहारमा प्रयोग गर्नु हुँदैन।

प्राय जसो गर्मी महिनामा धेरै पसिना बउने मानसिहरूकले अनुहारम डेओडेरेन्ट लगाउने गरेको देखिन्छ। मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गरेको देखिन्छ। यस्ता वस्तुहरुमा अनुहारलाई हानी गर्ने धेरै रसायनहरू हुने गर्दछ।

८. पेट्रोलियम जेल्ली अनुहारमा लगाउनु हुँदैन।

नेपाली बजारमा पाइने भ्यासलिन पेट्रोलियम जेल्लीको उदाहरण हो। यो अनुहारमा लगाउन उपयुक्त हुन्न। यसले अनुहारमा भएका तेलरपसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ। विशेष गरी डण्डीफोर भएकाहरुले झन् लगाउनु हुँदैन।

९.अनुहारमा हेअर कलर प्रयोग गर्नु हुँदैन ।

अहिले हेअर कलर र आँखि भौँको कलर मिलाउन आँखिभौँमा पनि हेअर कलर प्रयोग गर्ने गरेको पाइएको छ। हेअर कलरमा अनुहारलाई एलर्जी गराउने रसायनहरु हुने भएकाले यसको प्रयोग गर्नु हुँदैन।

१०.अनुहारमा टुथपेस्ट प्रयोग गर्नु हुँदैन ।

डण्डीफोरका समस्या भएकाहरुले डण्डीफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ। तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ। मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने समस्या बढ्दछ। तसर्थ, एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र अनुहारमा कुन किसिमको मेकअप प्रोडक्ट प्रयोग गर्ने भन्ने निर्णय लिनु उचित हुने सल्लाह दिनुहुन्छ छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *