काठमाडौं । आइतबार पनि सार्वजनिक बिदा दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट निवेदन दर्ता भएका छन्।
अधिवक्ताहरू रामबहादुर शाही र सन्तोष भण्डारी तथा पुण्यप्रसाद खतिवडा र दीपकविक्रम मिश्रले रिट दर्ता गराएका हुन्।
मन्त्रिपरिषद् बैठकले हालैका दिनमा इन्धन कटौती र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न भन्दै आइतबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।