• Tue. Oct 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आइतबारको सार्वजनिक बिदा हटाउने सरकारको निर्णय

ByDeayam

Jun 6, 2022

सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ। सो निर्णय असार १ बाट लागू हुने छ।

सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो। तर,दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *