• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

एउटा विचित्रको गाउँ : बलात्कारीहरू जेलमा होइन सुन्दर घरमा बस्दछन्

Bydeep

Jun 6, 2022

संसारमा बलात्कारीहरूलाई देशको कानुनअनुसार विभिन्न खालका सजायहरू दिइन्छ, जसमा जन्मकैददेखि मृत्युदण्डसम्म समेत हुने गरेका छन् । तर यो दुनियाँमा एएटा यस्तो गाउँ छ जहाँ बलात्कारीलाई जेलमा होइन सुन्दर तथा भव्य घरमा पठाइन्छ, ता कि ऊ आनन्दसँग बसोस् । अमेरिकाको फ्लोरिडा बाहिर रहेको मिरेकल भिलेज यस्तो गाउँ हो जहाँ अपराधीहरूले आनन्द तथा सुखपूर्ण जीवन बिताइरहेका छन् ।

मिरेकल भिलेजमा करिब २०० बलात्कारका आरोपीहरू परिवारसँगै बस्दै आएका छन् । तीमध्ये कतिपयलाई प्रहरीले त्यहाँ लगेर राखेको छ भने कतिपयलाई उनीहरूका परिवारले त्यहाँ लगेर छाडिदिएका हुन् । अन्त कतै बस्नका लागि ठाउँ नपाएका, परिवार तथा आफन्त र छिमेकीहरुबाट समेत बहिष्करणमा परेका अपराधीहरूलाई उक्त गाउँमा बस्न दिइन्छ ता कि उनीहरूलाई आफ्नो घर तथा परिवारको सम्झना आओस् र अपराधको पश्चाताप गर्ने मौका मिलोस्।

करिब २२ एक्कडमा फैलिएको यो गाउँमा बलात्कारको अपराधमा दोषी ठहर भएकालाई सन् २००९ देखि बसाल्न थालिएको हो । उनीहरू यो गाउँमा आफ्ना परिवारसँगै आरामसँग बस्न सक्दछन् । उखुखेतीको नजिकै रहेको यो गाउँ सुरुमा सन् १९६० मा घरेलु दासहरूलाई राख्नका लागि स्थापना गरिएको थियो । पादरी डिक इथेरोले यो गाउँको स्थापना गरेका थिए ।बलात्कारका दोषीहरूको आचरण सुधार गर्न तथा समाजमा पुनर्स्थापना गर्नका लागिसमेत यहाँ विभिन्न खालका कार्यक्रम सञ्चालन हुने गरेका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *