काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर भोलिदेखि उठ्ने भएको छ । सोमबार शहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका प्रमुख वालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोललगायतको रोहबरमा मंगलबार बिहानदेखि थुप्रिएको फोहोर उठाउने सहमति भएको हो।
काठमाडौं महानगरमा मंगलबारदेखि फोहोर थुप्रिँदै आएएको छ । तर, सोमबार सहमति भएपछि थुप्रिएको फोहोर सहमतिअनुसार उठाउने भनिएको छ । सहमति पत्रमा महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्ने भनिएको छ ।
यस्तै, उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गरिने सहमति पत्रमा उल्लेख छ । साथै, ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।