• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

खानेतेलको मुल्य घटयो, प्रतिलिटर कति पुग्यो

ByDeayam

Jun 6, 2022

काठमाडाैं । इण्डोनेशियाबाट पाम तेल आयात सुरू हुन थाले पछि भारतमा खानेतेलको मूल्य घट्न थालेको छ । भारत सरकारले खानेतेलको कच्चा पदार्थको भन्सार दर शून्यमा झारेपछि तेलकाे मूल्य घट्न थालेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार खानेतेलको मूल्यमा प्रतिलिटर २० रुपैयाँसम्म गिरावट आउन थालेको छ । १८ मेमा प्रतिलिटर १८५ भारु रहेको सोयाविन तेलको मूल्य हाल १७० रुपैयाँ छ ।इण्डोनेशियाबाट पाम तेल आयात पछि भारतले कच्चा पदार्थको भन्सार दर घटाएकाे छ । सर्सिउँ, सोयाविन र पाम तेलकै मूल्य ओरालो लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *