• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

गर्मी बढेपछि शिक्षण संस्था बन्द गर्ने निर्णय

ByDeayam

Jun 6, 2022

अत्याधिक गर्मी बढेपछि भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयसहितको सहमतिमा मङ्गलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले गर्मीका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र भीमदत्त नगरपालिकाको प्रमुख, उपप्रमुखको सचिवालयलाई विद्यालय बन्दको जानकारी गराएको छ । कञ्चनपुरमा एक सातादेखि अत्याधिक गर्मी बढेको छ । तातो हावा चल्दा घर बाहिर हिँड्डुल गर्न समस्या हुन थालेको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *