• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

डेनमार्कको सुशासनबाट नेपालले सिक्न चाहेको छ : सभामुख

ByDeayam

Jun 6, 2022

नेपाल भ्रमणमा रहेको डेनमार्ककाे प्रतिनिधिमन्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

आज साेमवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको शंकर हलमा सभामुख सापकोटा र डेनमार्ककाे प्रतिनिधिमण्डलबीच भेट भएको हो । डेनिस इस्टिच्युट फर पार्टिज एन्ड डेमोक्रेसी (डिआईपीडी) का कार्यकारी निर्देशक लिसबेथ पिलेगार्डको नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ क्लारा हाल्भाेर्सेन, डीआईपीडीका सहयोग र विकास प्रमुख म्याथिस पार्सबेक र नेपालकी प्रतिनिधि श्रृष्टि राणा हुनुहुन्थ्यो ।

भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको बताउनुभएको तथा शिक्षा, ऊर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

यस्तै सभामुख सापकोटाले डेनमार्कको सुशासनबाट नेपालले सिक्न चाहेको उल्लेख गर्दै दुई देशबीच नागरिककाे तहसम्म सम्बन्ध विस्तार गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *