• Thu. Sep 28th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नयाँ मन्त्रीहरुको शपथ आजै

Bydeep

Jun 6, 2022

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट बन्ने नयाँ मन्त्रीहरुले आजै शपथ लिने भएका छन् । राष्ट्रपनि निवास निवास शीतल निवासमा हुने शपथ कार्यक्रमको समय भने सार्वजनिक भएको छैन । यद्यपि शपथ भने आजै हुने बताइएको छ । आइतबार बसेको नेकपा (एस)को सचिवालय बैठकले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो।

नयाँ मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा यसअघिका राज्यमन्त्री भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा गैर सांसद् शेरबहादुर कुँवर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी सिफारिस भएका छन् । नेकपा एकीकृ समाजवादीले स्वास्थ्यमन्त्री रहेका विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रहेका कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *