• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बस दुर्घटना परी बेपत्ता भएका शिशुको शव भेटियो

ByDeayam

Jun 6, 2022

धनगढी। बस दुर्घटनामा परेर बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेलापरेको छ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका–१ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो। बस सेती नदी किनारमा खेसेको थियो।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक अछामको कमलबजार नगरपालिका–६ का १८ महिने शिशु सुजङ्ग शाहीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवा सहित १२ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *