• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बागलुङमा अफिम सहित पूर्व वडा सदस्य पक्राउ

ByAgrim Post

Jun 6, 2022

जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध अफिमसहित एक महिलालाई पक्राउ गरेको छ । बागलुङ जिल्लाको बुर्तिबाङमा जेठ ४ गते १० केजी अफिम छोडेर भागेकी रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ का ३३ वर्षकी राखिलाक घर्ती मगरलाई प्रहरीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ परेकी घर्ती रुकुम पूर्वको पूथा उत्तरगंगा गाउँपालिका–२ की पूर्व वडा सदस्य हुन् ।

घर्तीले घर रुकुम भएपनि बागलुङमा नाम परिर्वतन गरी अफिमको कारोवार गर्दै आएको विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा जेठ ४ गते प्रहरीले उनि बस्दै आएको बुर्तिबाङको सन्दिप गेष्ट हाउसबाट १० केजी अफिम बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *