• Sun. Sep 24th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भक्तपुरमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

ByDeayam

Jun 6, 2022

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००४ क ०५८० नं को दूधको ट्याङ्करले आज ठक्कर दिँदा एकको मृत्यु भएको छ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्याँसी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *