• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

युुक्रेनको दोन्बासमा रुसी जनरल मारिए

ByAgrim Post

Jun 6, 2022

मस्को । रुसी सरकारी सञ्चार माध्यमले युक्रेनको पूर्वी दोन्बास क्षेत्रमा भइरहेको भीषण युद्धको दौरानमा मस्कोका वरिष्ठ जनरलहरूमध्ये एकजनाको ज्यान गएको पुष्टि गरेको छ । मेजर जनरल रोमान कुतुजोभ युद्धमा मारिएको सरकारी सञ्चार माध्यम रोस्सिया १ का एकजना पत्रकारले बताएका छन् ।

पत्रकार अलेक्जान्दर स्लादकोभले जनरल कुतुजोभले स्वघोषित दोनेत्स्क गणतन्त्रका रुसी फौजका नेतृत्व गरिरहेको बताएका छन् । तर, रुसी रक्षा मन्त्रालयले यस विषयमा कुनै टिप्पणी गरिसकेको छैन । युद्ध मोर्चामा धेरै कर्णेल नरहेका कारण जनरल कुतुजोभ आफैँले मोर्चा सम्हालेको स्लादकोभले टेलिग्राम सोसियल मेडिया एपमा लेखेका छन् ।

युक्रेनको सेनाले पनि जनरल कुतुजोभ मारिएको पुष्टि गरेको छ । तर यसबारे विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । गत सप्ताहान्त सामाजिक सञ्जालमार्फत अर्का दोश्रो वरिष्ठ सैनिक अधिकारी जनरल रोमन वर्दनिकोभको पनि ज्यान गएको हल्ला चल्ने क्रममा कुतुजोभको मृत्युको खवर सार्वजनिक भएको हो ।

किभले अहिले सम्म १२ जना रुसी जनरलको ज्यान गइसकेको दाबी गर्ने गरेको छ भने पश्चिमी गुप्तचर अधिकारीहरू रुसका कम्तीमा ७ जना वरिष्ठ कमान्डर मारिएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *