• Tue. Sep 26th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रुसी सेनाले पतिको हत्यापछि मृत शरीरमाथी राखेर बच्चाका अगाडी श्रीमतीको बलात्कार गरे

Bydeep

Jun 6, 2022

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध लामो समयदेखि जारी रहेको छ । यो बीचमा रुसी सैनिकमाथि युक्रेनकी एक महिलालाई पटकपटक बलात्कार गरेको आरोप लागेको छ । श्रीमानको गोली हानेर हत्या गरियो । घटनाको समयमा बच्चाहरू महिलाको अगाडि थिए । युक्रेनकी सांसद मारिया म्यागेन्टेभाले स्काई न्यूजसँगको अन्तर्वार्तामा यस्तो दाबी गरेकी हुन् । डेली मेलको रिपोर्टका अनुसार यसअघि पनि युक्रेनमा केही महिलामाथि बलात्कारको घटना बाहिर आएका थिए ।

युक्रेनकी नेतृ मारिया म्यागेन्टेभाले भनिन्, ‘कीभकी यी महिलालाई बच्चाको अगाडि बलात्कार गरिएको थियो । यस विषयमा हामी शान्त हुने छैनौँ । आखिर त्यो बच्चाको मनमा के भयो होला, जसको अगाडि आफ्नी आमालाई यस्तो गरियो ।’ युक्रेनका जनरल इरिना भेनेडिक्टोभाले पनि यस सम्बन्धमा अनुसन्धानको माग गरेकी छिन् । उनका अनुसार घरभित्र पसेका रुसी सैनिक मादक पदार्थ सेवन गरेका थिए । पहिले महिलाको श्रीमानको हत्या गरियो, त्यसपछि महिलालाई पटक–पटक बलात्कार गरेको आरोप लागेको हो ।

आमालाई बलात्कार गरेर निर्दोष बालकलाई धम्कीसमेत दिएको बताइएको छ । युक्रेनकी जनरल इरिना भेनेडिक्टोभाले यसअघि पूर्वी कीभको ब्रोभरीमा दुई सैनिकले महिलामाथि आक्रमण गरेको बताएकी छन्। जसमा एक सिपाहीको पनि पहिचान गरी उनीविरुद्ध अभियोग लगाइएको थियो ।

डेलीमेलको रिपोर्टका अनुसार गत हप्ता युक्रेनको इरपिन सहरबाट भागेकी एक महिलाले रुसी सेनाले बलात्कार र गोली चलाएको आरोप लगाएकी थिइन् । अनातासिया तरान नामकी यी ३० वर्षीया महिला इरपिनमा रुसी आक्रमण हुनुअघि वेट्रेसको रूपमा काम गरिरहेकी थिइन् ।

यतिबेला इरपिन नर्क बनेको उनले जानकारी गराइन् । तरनले रुसी सेनाले मात्रै मानिसको हत्या गरिरहेको बताइन् । महिलाहरु बलात्कृत भइरहेका छन् । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबा र विपक्षी सांसद लेसिया भेसिलेन्काले पनि यी घटनामाथि प्रश्न उठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *