• Sat. Sep 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसक्यो:किसान श्रेष्ठ

ByDeayam

Jun 6, 2022

श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठले तत्काल नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता गर्ने हल्ला खारेज भइसकेको बताएका छन् ।उनले शीर्ष नेताहरूकै तहमा छलफल भइसकेको र अहिले मन्त्रीहरू हेरफेर नहुने बताए ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर फर्किएका श्रेष्ठले अहिले आफ्नो जिम्मेवारीमा यथावत् रहन भनेको जानकारी दिए ।नेकपा एसले चार जना मन्त्री फिर्ता बोलाएर नयाँ चार जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्नेमा बजेट पारित नै नभई मन्त्री हटाउनु गैर संसदीय हुने भन्दै आलोचना भइरहेको थियो ।अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूको शैलीमाथि असन्तुष्टि जनाए पनि तत्काल मन्त्री फिर्ता नहुने जानकारी गराएका छन् ।

मन्त्री श्रेष्ठले आफूहरू पार्टीको निर्णय मान्न जहिले पनि तयार रहेको भन्दै जिम्मेवारी पूरा गर्न पार्टीले अह्राएबमोजिम नै काम गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *