काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयको विरोध गरेका गरेका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत ६ महिने मन्त्रीहरु देश र जनताका लागि घातक भएको बताएका हुन् ।
अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक भएको टिप्पणी गरेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।’
एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ।