• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

आमाले आफ्नै छोरीलाई आफ्ना साथीबाट बलात्कार गराइन्, ८ पटकसम्म छोरीको अण्डा बेचिन्

Bydeep

Jun 7, 2022

काठमाडौं । तमिलनाडुमा एउटी आमाले आफ्नी नाबालिग छोरीलाई आफ्ना पुरुष पार्टनरबाट बलात्कार गराएकी छिन् । त्यसपछि उनले छोरीको अण्डाको व्यापार समेत गरिन् । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार यो घटना सलेम जिल्लाको हो। नाबालिग बालिकालाई आमाकै पुरुष साथीले नै बलात्कार गरेको र त्यसपछि अस्पतालमा अण्डा बेचेको अनुसन्धानबाट खुलेको छ । बलात्कार पीडितकी आमा र उनका पुरुष साथी पक्राउ परेका छन् ।

बालिकालाई बलात्कार गरी अण्डा बेच्ने कार्य २०१७ यता चलिरहेको अनुसन्धान अधिकृतले बताए । त्यो बेला पीडित नाबालिग थिइन् । विगत ४ वर्षमा ८ पटकभन्दा बढी उनको अण्डाको व्यापार भएको छ । यो कुरा बाहिर आएपछि राज्यका स्वास्थ्य अधिकारीहरूले बालिकासँग कुरा गरेर काउन्सिलिङ गर्न थालेका छन् । पीडित प्रत्येक पटक गर्भवती भएपछि अस्पतालबाट अण्डा बेचेर २० हजार रुपैयाँ लिने गरेको पीडितले बताइन् । त्यसमध्ये एक महिलाले ५ हजार रुपैयाँ कमिसन लिने गर्दथिन् र बाँकी आमा र उनका साथीले राखेका थिए । यो वर्षमा दुई पटक गरिन्थ्यो।

पीडितका बाबुआमा १० वर्षअघि छुट्टिएपछि उनी आफ्नी आमासँग पुरुष साथीको घरमा बस्दै आएकी थिइन् । धेरै वर्षदेखि निर्ममताबाट पीडित केही महिनाअघि घरबाट भागेर साथीकहाँ गएकी थिइन् । उनले घटना साथीलाई सुनाएपछि साथी र केही आफन्तले मिलेर प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले पीडितकी आमा र उनका पुरुष साथीलाई पक्राउ गरेको छ ।
प्रदेशका स्वास्थ्य सचिवले सञ्चारमाध्यमलाई भने, ‘यस विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । हालसम्म, आईपीसीको धारा ४२०, ४६४, ४१, ५०६ अन्तर्गत पोक्सो ऐन, आधारको दुरुपयोग सहित मुद्दा दर्ता गरिएको छ। यस अवस्थामा, बाँझोपनको बढ्दो केसको कोणलाई पनि जाँच गरिनेछ। यहाँ यस घटनामा केही डाक्टर र दलालको पहिचान भइसकेको प्रहरीले जनाएको छ । उनीहरुमाथि पनि कारबाही हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *