• Fri. Dec 1st, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

दुई एआइजीको सरुवा, पाँच एआइजीको पदस्थापन

ByDeayam

Jun 7, 2022

सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ।

त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।

त्यस्तै एआईजी बढुवा भएका सहकुल थापाबाहेक सबैको जिम्मेवारी हेरफेर भएको छ। थापा कार्य विभागमा यथावत रहँदा केन्द्रीय अनुसन्धान ब्युरोमा उत्तम सुवेदी, मानव स्रJत विभागमा पुजा सिंह, प्रशासन विभागमा अरुण कुमार बिसीको, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा मुकुन्द आचार्य र अपराध अनुसन्धान विभागमा दिवेश लोहनीलाई पदस्थापन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *