• Fri. Dec 8th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

नर्वेमा भेटियो संसारकै पुरानो जुत्ता, ३००० वर्ष पुरानो

Bydeep

Jun 7, 2022

संसारमा हालसम्मको सबैभन्दा पुरानो जुत्ता फेला परेको छ । युरोपेली मुलुक नर्वेमा ३००० वर्ष पुरानो जुत्ता भेटिएको हो । उक्त जुत्ता कांस्य युगको रहेको खोजकर्ताहरूले बताएका छन्।
नर्वेको विज्ञान तथा प्रविधि विश्वविद्यालयको रिपोर्ट अनुसार नर्वेका पहाडमा जमेको हिउँ पग्लिएपछि पछिल्लो दुई दशकका फेला परेका विभिन्न हजारौं प्राचीन कलाकृतिमध्ये उक्त जुत्ता पनि एक हो ।

उक्त जुत्ता वास्तवमा सन् २००७ मै दक्षिणी नर्वेको जोतुनहेमेनको पहाडी इलाकामा फेला पारिएको थियो । उक्त छालाको जुत्ता कुनै महिला वा युवाको हुनसक्ने बताइएको छ । उक्त जुत्ताको साथमा केही वाण तथा काठको हतियार पनि प्राप्त भएको थियो, जसले उक्त क्षेत्र सिकारका लागि महत्वपूर्ण ठाउँ भएको पुष्टि भएको छ । उक्त जुत्ता इशापूर्व ११०० तिरको भएको बताइएको छ ।

अम्लीय माटो वा विशाल हिमनदीको मुनि दबिएका चिजहरूको तुलनामा नर्वेको पहाडी इलकामा हिउँमुनि फेला परेका चिजहरूको स्थिति हजारौं वर्षपछि पनि राम्रै अवस्थामा पाइएको छ । त्यहाँ हतियार, कपडा, रुख तथा जनावरका अवशेष सबै हिउँबाटै निस्किएका छन् जसले नर्वेको हजारौं वर्ष अगाडिको इतिहासको खुलासा गरिरहेको छ ।

तर जलवायु परिवर्तनले यस्ता सबै इतिहासलाई नष्ट गर्नसक्ने जोखिम रहेको वैज्ञानिकहरूले बताएका छन् । हजारौं वर्षदेखि जम्मा भएको हिउँ पग्लिन थालेसँगै त्यसमुनि पुरिएका ऐतिहासिक वस्तुहरू बाहिर देखिने गर्दछन् । त्यसरी देखिएका वस्तुहरू समयमै संकलन गर्न नसकिएमा त्यस्ता ऐतिहासिक वस्तुतथा कलाकृतिहरू हराउने वा नष्ट हुने सम्भावना हुन्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *