• Thu. Dec 7th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

पाँच दलीय सत्ता गठबन्धन कायमै रहन्छ : अध्यक्ष नेपाल

ByDeayam

Jun 7, 2022

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जलि दिन आज सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सङ्घीय र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए ।

“उम्मेदवारका विषयमा गठबन्धनबीच छलफल भइरहेको छ”, उनले भने। उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गरी टुङ्गो लगाइने उनको भनाइ थियो ।

आफ्नो पार्टीबाट छिट्टै नै मन्त्री परिवर्तन हुने अध्यक्ष नेपालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *