• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

प्रधानमन्त्री निवासको एउटा ब्लक सजाउन मात्र ३ करोड ७५ लाख खर्च

Bydeep

Jun 7, 2022

काठमाडौं । देश गरिब भएपनि यहाँको चाल चलन सामान्य छैन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासको कुरा गर्ने हो भने त झन् यो सामान्य छैन । नवनिर्मित आवासीय भवनको एउटा ब्लक इन्टेरियर (भित्रीभाग) को साजसज्जाको कामका लागि मात्र ३ करोड ७५ लाख खर्च गर्ने भएको छ । यसका लागि ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको हो । यो कामका लागि ब्रिज–टेक अल्फा जेभीले ठेक्का पाएको हो । प्रधानमन्त्री निवासको नयाँ भवनहरु नेपाली मौलिक शैली झल्किने गरी बनेका छन् । तीन तलाको सार्वजनिक भवन प्रधानमन्त्रीले स्वदेशी तथा विदेशी पाहुना भट्न प्रयोग गर्नेगरी बनाइएको छ ।

मन्त्रिपरिषद् बैठकका लागि समेत कक्ष तयार भएको छ भने सञ्चारमाध्यमको लागि पनि यसमा कक्षको व्यवस्था भएको छ । यो भवन प्रधानमन्त्रीको सचिवालयले पनि प्रयोग गर्नसक्ने गरी निर्माण भएको छ । आवासीय भवनतर्फको निवास (प्रइभेट ब्लक) तर्फको भवन यसअघि नै तयार भएर प्रयोगमा आइसकेको छ ।

प्राइभेट र पब्लिक ब्लक करिब साढे ३३ करोड रुपैयाँ लागतमा तयार भएका हुन् । ३ तलाको प्राइभेट ब्लकमा २२ वटा कक्ष छन् । यो भवन बङ्करसहित बनेको छ । भवनको तल्लो तलामा लबी, भान्छा, भोजनकक्ष सहितका कोठा छन् । दोस्रो तलामा प्रधाामन्त्रीको बेड रुम र मिटिङ रुमहरु छन् । जहाँ सुरक्षाकर्मी बस्ने कक्ष पनि छ । तेस्रो तलामा पाहुनाका लागि लबी र बेड रुम, पूजाकोठा र हल समेत छ । भूकम्पप्रतिरोधी भवनमा मौलिक बुट्टा र झ्यालहरु प्रयोग भएका छन् । अहिले यो भवन प्रयोगमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *