• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

बालकले बन्दुक खेलाउँदा बिलाए बाबा

ByDeayam

Jun 7, 2022

फ्लोरिडाको ओर्लेण्डो नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ।

भूइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले संवाददाता सम्मेलनमा बताए।

प्रारम्भमा रेग्गीले आत्महत्या गरेको आशङ्का अनुसन्धान अधिकारीहरूले गरेका थिए तर मृतकका जेठा छोराले आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाँडमा गोली लागेको बयान दिएका थिए।

घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा थिए। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *