• Wed. Dec 6th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भरतपुरमा ८ करोड लगानीमा बन्यो ट्रायल सेन्टर

Bydeep

Jun 7, 2022

भरतपुरमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ । करिव ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो । भरतपुर महानगर वडा नम्वर ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन्द्र बनाइएको छ ।

अध्यक्ष डम्वरबहादुर थापाले नेपालकै सबैभन्दा ठुलो प्रशिक्षण केन्द्र निर्माण भएको दावी गर्नुभयो । “दैनिक १ हजार जना चालकलाई प्रशिक्षण दिन मिल्ने पूर्वाधार बनाएका छौँ”, उहाँले भन्नुभयो, “टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि छ ।” नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसारको संरचना बनाइएको छ । चितवनका ५ सहित १५ जना युवा उद्यमीहरुको लगानी रहेको छ ।

मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेवी सवारी, हेभी इक्यूपमेण्टहरु चलाउने सीप सिकाइने छ । यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि १ हजार ५ सय जनालाई प्रयोयात्मक परीक्षा तथा लिखित परीक्षा लिन सकिने क्षमताको रहेको छ । आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक ३ हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताउनुभयो । उहाँका अनुसार ४ वटा र्याम, एट सेप, एल व्याक, युटर्न पाँच-पाँचवटा बनेका छन् ।

यस्तै हम्प ३ वटा, ट्राफिक लाईट ४ सेट लगायतका संरचना बनाइएको छ । प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ सेण्टरहरु छन् । पूर्वपश्चिम राजमार्गबाट करिव १ किमि पर रहेको प्रशिक्षण केन्द्र केन्द्रीय बस ट्रमिनलबाट ८ सय मिटर दक्षिणतर्फ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *