• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

भारतमा मसाज भन्दै बेलायती महिलामाथि बलात्कार गर्ने पुरुष गिरफ्तार

ByDeayam

Jun 7, 2022

भारतमा मसाज गर्ने भन्दै बेलायती महिलामाथि बलात्कार गर्ने पुरुष गिरफ्तार भएका छन्।

समाचार संस्था पीटीआईकाअनुसार गोवामा भ्रमण गर्न आएकी महिला पर्यटकलाई मसाज गर्ने भन्दै ३२ वर्षे विनसेन्ट डिसुजाले बलात्कार गरेका हुन्।गोवाको अरम्बोल बिचमा अवैध रुपमा मसाज सेन्टरहरु खुला छन्। पर्यटकले पनि मसाजको माग गर्ने गर्दछन्।

भारतमा बलात्कृत भएता पनि त्रासका कारण उनी केही बोल्न सकेकी थिइनन्। तर बेलायत पुगेकी महिलाले परिवारसँग सल्लाह गरेर बलात्कारीको पहिचानसहित प्रहरीमा खबर गरेपछि सोमबार डिसुजा पक्राउ परेका छन्।

यसै महिनाको जुन २ मा गोवामा ती महिला मसाज गराउने क्रममा बलात्कृत भएकी थिइन्।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *