• Sun. Dec 3rd, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

रजतपटसहित प्रकाश सुवेदीको तीनवटै कार्यक्रम बन्द

Bydeep

Jun 7, 2022

‘रजतपट अंकल’ का रुपमा परिचित रंग पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएका चर्चित तीन टेलिभिजन कार्यक्रम ‘रजतपट’, ‘ग्ल्यामर गफ’ र ‘बागीना’ बन्द हुने भएको छ । एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको र बेलाबेलामा विवादमा पर्ने यी कार्यक्रममा अव सधैका लागि बन्द हुने भएका हुन् ।

कार्यक्रम संचालक प्रकाश सुवेदी आफैले बन्द गर्न लागेका हुन् । तीन वटै कार्यक्रम आफूले नै बन्द गर्न लागेको संचालक सुवेदीले बताए । ‘कार्यक्रमबाट धेरै विवादमा पनि परियो’ सुवेदीले भने ‘कार्यक्रम पनि धेरै भएकोले बन्द गर्न लागेको हो ।’ तीनवटै कार्यक्रम बन्द गरेर एक कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ ल्याउन लागेको उनले सुनाए । ‘द प्रकाश सुवेदी शो असार २ गतेदेखि प्रसारणमा आउने छ । ‘द प्रकाश सुवेदी शो’ तीनवटै कार्यक्रमको समिश्रण हुने सुवेदीले जनाकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *