• Thu. Nov 30th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’को नाम परिवर्तन हुने

Bydeep

Jun 7, 2022

बलिउड अभिनेता सलमान खानको फिल्म ‘कभी ईद कभी दिवाली’ को नाम परिवर्तन गरिने भएको छ। छायांकनमा गएको केही दिनमै फिल्मको नाम परिवर्तन गरिने भएको हो। भारतीय सञ्जार माध्यम अमर उजालाका अनुसार फिल्मको नाम ‘भाइजान’ हुनेछ। तर निर्माण टिमले आधिकारिक घोषणा गरेका छैनन्। हाल हैदरावादमा फिल्मको छायांकन भइरहेको छ। हैदरावादमा २५ दिनसम्म फिल्मको छायांकन हुने बताइएको छ।

केही समयअगाडि आयुष शर्मा र जहीर इकबालले फिल्म छाडेका छन्। निर्माण टिमसँग मतभेद भएपछि आयुषले फिल्म छाडेका हुन्। फरहाद सामजीले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दक्षिण भारतीय फिल्मकी अभिनेत्री पूजा हेगडेको मुख्य भूमिका रहनेछ। फिल्ममा शेहनाज गिल, राघव जुयाल र तेलुगू अभिनेता वेंकटेश दग्गुबातीको अभिनय रहने छ। यो फिल्म आगामी ३० डिसेम्बरदेखि प्रदर्शन हुनेछ। सलमान ’टाइगर ३’ को प्रदर्शनकाे पर्खाइ छन्। यस फिल्ममा उनीसँग कट्रीना कैफ देखिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *