• Mon. Dec 4th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

सोनाक्षी सिन्हाको प्रेम सम्बन्धको पुष्टी

Bydeep

Jun 7, 2022

काठमाडौं । सोनाक्षी सिन्हा जहीर इकबालसँगको सम्बन्धलाई लिएर केही समयदेखि चर्चामा छिन् । हालसालै, जुन २ मा सोनाक्षीको जन्मदिन थियो, जहीरले अभिनेत्रीलाई ढिलो गरी जन्मदिनको शुभकामना दिँदै एक भिडियो साझा गरेका छन्। पोष्टमा ‘आई लभ यू’ लेख्दै जहीरले सोनाक्षीसँगको आफ्नो सम्बन्ध अफिसियल गरेका छन् । योसँगै सोनाक्षीले पनि पोस्टमा प्रतिक्रिया दिँदै सम्बन्धको पुष्टि गरेकी छिन् ।

भिडियोमा सोनाक्षी सिन्हा फ्लाइटमा स्न्याक्स खाइरहेको देखिन्छ । अभिनेत्रीप्रति आफ्नो माया व्यक्त गर्दै जहिरले क्याप्शनमा लेखेका छन्, “ह्याप्पी बर्थडे सोन्ज…मलाई नकुटेकोमा धन्यवाद। म तिमीलाई माया गर्छु…हामी हाँस्दै, खाईरहन पाउँ र आउने दिनहरूमा खुसी बाँडौं।”

सोनाक्षीले यसमा कमेन्ट गरेकी छिन् । अभिनेत्रीले लेखेकी छिन्, ‘धन्यवाद… लभ यू… अब म तिमीलाई कुट्न आउँदैछु ।’ जहीरको यो पोष्टमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्मको मायाको वर्षा भइरहेको छ । एक जनाले लेखे, ‘बिहे कहिले हो ?’ साथमा एकअर्काले लेखेका छन्, ‘तिमीहरू दुबै सँगै धेरै प्यारो देखिन्छौ।’ वरुण शर्मा, सिद्धार्थ मल्होत्रा ​​र पत्रलेखा जस्ता बलिउड सेलिब्रेटीहरूले पनि पोस्टमा प्रतिक्रिया दिएका छन्।

दुवैले एकअर्कालाई लामो समयदेखि चिनेका थिए । जहीर इकबाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । केही समयअघि सोनाक्षीले आफ्नो ब्यूटी ब्राण्ड लन्च गरेकी थिइन्, जसका लागि अभिनेत्रीले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्टको अनुमान गर्न थालेका थिए ।

जहिर ज्वेलर परिवारका हुन् र बाल्यकालदेखि नै सलमान खानका असल साथी हुन्। जहीरले सलमान खानको फिल्म ‘द नोटबुक’ बाट बलिउडमा डेब्यु गरेका थिए। वर्कफ्रन्टको कुरा गर्ने हो भने दुबै आफ्नो आगामी फिल्म ‘डबल एक्सएल’ मा सँगै देखिनेछन् । सतराम रमानी निर्देशित फिल्ममा हुमा कुरैशी पनि मुख्य भूमिकामा देखिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *