• Thu. Dec 7th, 2023

अग्रिम पोष्ट

सर्वाधिक हेरिने अनलाइन

टपगन माभेरिक : १ बिलियन डलर कमाउने टम क्रुजको पहिलो फिल्म, नेपालमा १ करोड

Bydeep

Jun 8, 2022

काठमाडौं । टम क्रुज स्टारर ‘टपगन माभेरिक’ले नेपालसहित विश्व बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो सप्ताहन्तमा फिल्मले नेपालमा एक करोड रुपैयाँ ग्रस कमाइ गरेको छ ।
हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो फिल्म टम क्रुजको करिअरमा विश्वव्यापी रुपमा एक बिलियन डलर कमाउने पहिलो फिल्म बन्नेछ । ५९ वर्षीय अभिनेता क्रुजले चार दशक लामो अभिनय करिअरमा यो उपलब्धि हासिल गर्दैछन् ।

प्यारामाउन्ट पिक्चर्स र स्काइडान्स स्टुडियोले यो फिल्मबाट १७० मिलियन डलर नाफा कमाइसकेका छन् । सिनेमास्कोरका अनुसार क्रुजको यो फिल्मले उत्तर अमेरिकामा २९५.६ मिलियन र ओभरसिजमा २६१.६ मिलियन डलरसहित कुल ५५७.२ मिलियन डलर कमाएको छ ।

चीन र रुसमा रिलिज हुने बित्तिकै फिल्मले एक बिलियन डलरको आँकडा पार गर्नेछ । रुस-युक्रेन युद्धका कारण रुसमा हलिउड फिल्मको प्रदर्शन रोकिएको छ । यसअघि क्रुज अभिनित ‘मिसन इम्पोसिबल : फलआउट’ले सन् २०१८ मा विश्वव्यापी ७९१ मिलियन डलर कमाएको थियो । ‘कबड्डी ४’का कारण वितरकले नेपालमा यो फिल्मलाई एक साता ढिलो गरी प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *